काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुव राईले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पक्राउ प्रकरणमा सरकारले केटाकेटी खेलेजस्तो व्यवहार देखाएको बताएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद राईले यस प्रकरणको जवाफका निम्ति प्रधानमन्त्रीको प्रश्नोत्तरको माग गरे ।
उनले भने, ‘सरकारको केटाकेटी खेले जस्तो र लुकीछिपी गरे जस्तो गतिविधि भइरहेको छ। घरि भरत दाहाललाई पक्रियो छोड्यो, घरि चोलेन्द्र शमशेर पक्रियो छोड्यो। कम्तीमा विषय गम्भीर छ भने गम्भीरतापूर्वक लाग्नुहोला ।’ उनले सरकारको गतिविधिको कारणले आफूहरूलाई समेत जनताले थुक्ने परिस्थिति बनेको बताए ।

प्रतिक्रिया