रसुवा बाढी प्रभावितको उद्धार र राहत तीव्र पार्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौँ । सरकारले रसुवा बाढी प्रभावितको आपतकालीन उद्धार र राहत कार्यमा तीव्रता दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्धार र राहत कार्यक्रममा तीव्रता दिने निर्णय गरेको कानुनमन्त्री सोविता गौतमले जानकारी दिइन्।

बैठकमा रसुवा बाढीका कारण उत्पन्न परिस्थितिको समीक्षा गरिएको छ । यससँगै उद्धार, सुरक्षित स्थानान्तरण, राहत, सूचना सञ्चार, स्वास्थ्य, परिचालन गर्न आवश्यक बजेट, पूर्वाधार निर्माणलगायत आवश्यक विषय समन्वय गर्न सम्बन्धित मन्त्रालयहरूले कार्य प्रारम्भ गर्नेलगायत निर्णय भएको उनले बताइन्।