काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदसहितको टोलीले सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगंजमा भएका घटनालाई लिएर गृहमन्त्री सुदन गुरुङको ध्यानाकर्षण गराएको छ ।
घटनाबाट उत्पन्न जटिलताले हुन सक्ने सम्भावित दुर्घटना रोक्न आग्रहसहित रास्वपा सचेतक प्रकाशचन्द्र परियार नेतृत्वको टोलीले गृहमन्त्री गुरुङलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
टोलीले घटनाको हुनुको पृष्ठभूमिसहित अब सरकारले लिनुपर्ने विशेष निर्णयका लागि आवश्यक सुझाव र स्थानीय जानकारी पनि दिएको रास्वपा नेता वीरेन्द्र केएमले जानकारी दिए ।
उनले भने, ’देवानगंज घटना र त्यसपछिको संभावित हुन सक्ने दुर्घटना समेतलाई ध्यानमा राख्दै गृहमन्त्रीज्यूसँग हामी सिरियस कुराकानी गर्दै मन्त्रीलाई गम्भीर ध्यानाकर्षण गराएका छौं । उक्त घटना घट्नुको पृष्ठभूमि सहित अब सरकारले लिनुपर्ने विशेष निर्णयका लागि आवश्यक सुझाव र स्थानीय जानकारीहरु पनि हामीले दिएका छौं । देवानगंज घटनाको विषयमा आफू जानकार रहेको र अब आइन्दा कहिँले पनि उक्त क्षेत्रमा यस्ता हिन्दू–मुस्लिमका नाममा घटना नहुने गरी मन्त्रालयबाट अनुसन्धान भइरहेको गृहमन्त्री गुरुङले हामीसँग बताउनु भएको छ । मन्त्रालयले उच्चस्तरीय छानबिन समिति सहित र प्रधानमन्त्रीसँग भेटेर आफूले विशेष निर्णय घोषणा गर्न लागिएको मन्त्री गुरुङले हामीसँग बताउनुभयो ।’

प्रतिक्रिया