धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको भूमिका महत्त्वपूर्ण : ऊर्जामन्त्री खड्का



काठमाडौँ  । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले धार्मिक पर्यटन प्रवर्द्धनमा बद्रीनारायणधामको महत्त्वपूर्ण भूमिका रहने बताएका छन्।

काठमाडौँको नागार्जुन नगरपालिका–७ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानले निर्माण गरेको बद्रीनारायणधामको प्राणप्रतिष्ठा कार्यक्रममा शनिबार सहभागी भएका मन्त्री खड्काले धार्मिक पर्यटनलाई जोड्दै पर्यटन प्रवर्द्धनमा धामले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गरे।

“हामी रोजगारीका कुरा गछौँ, आयआर्जनका कुरा गछौँ, सरकारले त्यसबाट राजस्वका लागि आश गर्छ, यो सबैका लागि पनि धार्मिक पर्यटनको विकास आवश्यक छ, जुन काम यस धामले गर्न सक्छ भन्ने विश्वास लिएका छौँ”, मन्त्री खड्काले भने।

धार्मिक पर्यटकले रामकोट वरपरका व्यवसायहरू चलायमान हुनुका साथै धर्मको संरक्षणमा समेत धामले सहयोग पुर्‍याउने बताए।

भोलिका दिनमा यस धाम दर्शनका लागि लाखौँ पर्यटक आउने भएकाले यस क्षेत्रको अर्थतन्त्र चलायमान हुनुका साथै रोजगारीका अवसर सृजना भई आयआर्जन वृद्धि हुँदै जाने ऊर्जामन्त्री खड्काले विश्वास व्यक्र गरे।

सबै समुदाय, वर्गबीच सहिष्णुता हुनुपर्नेमा जोड दिँदै उहाँले आफ्नो आस्था र विश्वास अनुसार पुण्यप्राप्तिमा सबै लाग्नुपर्ने धारणा राखे।

“हामी विभिन्न संस्कृति,धर्म र जातमा विभाजन भए पनि एकतामा बाधिएका छौँ, यो हाम्रो साझा फूलबारी हो, यो मानवका लागि आफैँमा पुण्य कार्य हो”, उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
धनुषामा बिहेमा खाजा खाँदा जन्तीसहित एक सय भन्दाबढी बिरामी

जनकपुर । धनुषाको मिथिला विहारी नगरपालिका–८ ठेरा कचुरीका नरेश महराको छोरीको बिहेमा खाजा

काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू

सडकबाटो बिग्रेपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको