शिक्षक महासंघले शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्ने



काठमाडौँ । एक महिना चलेको शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गरिने भएको छ ।

नेपाल शिक्षक महासङ्घले आन्दोलनबाट विद्यार्थीको सिकाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न शिक्षकहरूलाई आग्रह गरेको हो ।

महासंघले विज्ञप्ति जारी गरी भनेको छ, ‘विद्यार्थी वर्गमा पर्न गएको शिक्षण सिकाइको क्षतिलाई ध्यानमा राखी आफ्नो अनुकूलता अनुसार हिउँदे वा वर्षे बिदामा सो क्षतिको आपूरण गर्नुहुन सबै प्रधानाध्यापक तथा शिक्षक –कर्मचारी साथीहरूमा अनुरोध छ ।’

आन्दोलनको बलमा विगतमा सहमति भई कार्यान्वयनमा नआएका विषयहरू मन्त्रिपरिषद्बाट निर्णयमार्फत कार्यान्वयन गराएको र २०८२ असार १५ गते भित्र विद्यालय शिक्षा विधेयक प्रतिनिधि सभाबाट पारित गर्ने सुनिश्चित भएकोले आफूहरूको आन्दोलन अत्यन्त सफल र उपलब्धिमूलक भएको महासङ्घको ठहर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ

-केपी शर्मा ओली । सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु

तेस्रो एनडिसी कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो

निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै

सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छः प्रचण्ड

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत