डुंगा पल्टिएर फेवातालमा फसेका ७ जनाको सकुशल उद्वार
काठमाडौं । हावाहुरीका कारण फेवातालमा स्टयाण्डिङ्ग डबल प्याडल बोट पल्टिदा तालमा फसेका ७ जनाको नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले सकुशल उद्वार गरेको छ ।
बोटिङ गरिरहेका बेला एक्कासी आएको हावाहुरीका कारण बोट तालको बीच भागमा पल्टिदा भारत घर बताउने २५ वर्षीया सोनु बर्मा, २२ वर्षीया नेहा शेखावत, २१ वर्षीय अरुण चौधरी, २४ वर्षीया पुनम चौधरी, २५ वर्षीय प्रवीण दीक्षित, २४ वर्षीय श्याम प्रजापति र पोखराको गुरुङ्ग गाउँ बस्ने नन्दबहादुर गुरुङ्ग फेवातालमा फसेका थिए ।
लगत्तै उनीहरुको उद्वारको लागि सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्कीबाट फेवाताल रेस्क्यु टावरमा खटिएको गोताखोरसहितको सुरक्षा फौज खटिएको थियो ।
उद्वार पश्चात नन्दबहादुर गुरुङ्गको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि गण्डकी मेडिकल कलेजतर्फ पठाएको र अन्य ६ जना भने अवस्था सामान्य रहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।