आफ्नो मिर्गौला ‘फेल’ भएको सन्दर्भ यसरी सुनाए प्रधानमन्त्रीले



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा बिहीबार आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा एकभन्दा तलको संख्यामा कुष्ठरोगी रहनुलाई सफलताको सूचकका रूपमा लिन सकिने भए पनि रोग पूर्ण उन्मूलन नभएसम्म आफूहरु सन्तुष्ट नहुने बताए ।

उनले पहिला–पहिला पाचनप्रणाली राम्रो होस् भनेर आशीर्वाद दिइने गरेको प्रसंग उल्लेख गर्दै आहारविहार र हेरचाहलाई विशेष ध्यान दिइ जीवन पद्धतिलाई सही ढंगबाट अघि बढाउने हो भने स्वस्थ्य रहन सकिने धारणा व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले पञ्चायतकालमा गोलघरमा चिसो भूइँमा राखेर यातना दिइएको सम्झँदै त्यही कारण आफ्नो मिर्गौला ‘फेल’ भएको सन्दर्भ उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए।

उनले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहालेमा नियमित उपचार गर्ने कार्यलाई जागरणकै रूपमै सञ्चालन गर्न आग्रह गरे । प्रधानमन्त्री ओलीले कुनै पनि प्रकारका रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संरक्षणको प्रतीक्षामा लोमान्थाङको टास्सी ध्याफेल दरबार

लोमान्थाङ (मुस्ताङ) । ढुङ्गा र माटोबाट निर्मित विशाल पर्खालले घेरिएको ठूलो बस्ती र

जलेश्वर अस्पतालमा औषधि अभाव, उपचारमा समस्या

जलेश्वर  । जलेश्वरस्थित प्रादेशिक अस्पतालमा औषधि अभाव हुँदा उपचारमा समस्या भएको छ ।

सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला