बुँदा नम्बर ६५ नीति तथा कार्यक्रमबाट अविलम्ब हटाउन शिक्षक महासंघको माग



काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारको नीति तथा कार्यक्रममा व्यक्त भएका शिक्षासँग सम्बन्धित विषयप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघले विज्ञप्ति जारी गरी नीति तथा कार्यक्रमको वक्तव्यको बुँदा नम्बर ६६ मा विद्यालय शिक्षाको पाठ्यक्रम बारे उल्लेख भएको विषयले पाठ्यक्रमको मौजुदा प्रबन्ध बारे सरकारको अज्ञानता प्रकट गरेको उल्लेख गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘वक्तव्यको बुँदा नम्बर ६६ मा विद्यालय शिक्षाको पाठ्यक्रमबारे उल्लेख भएको विषयले पाठ्यक्रमको मौजुदा प्रबन्धबारे सरकारको अज्ञानता प्रकट गरेको छ। त्यसैगरी बुँदा नम्बर ६५ मा व्यक्त भएको विषयले सामुदायिक विद्यालयको मानमर्दन गरेको छ । यस्तो कुरा नेपाल शिक्षक महासङ्घलाई किमार्थ स्वीकार्य नहुने जानकारी गराउँदै उक्त बुँदा (बुँदा नं. ६५) नीति तथा कार्यक्रमबाट अविलम्ब हटाउन माग गर्दछौं ।’

महासंघले नीति तथा कार्यक्रममा व्यक्त भएको संसदको चालु अधिवेसनबाटै विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक यही अधिवेशनबाट पारित गर्ने प्रतिबद्धताको भने समर्थन गर्ने जनाएको छ ।

नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ मा संस्थागत-सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागू गरी संस्थागत विद्यालयहरूको सहभागितामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याइने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ

-केपी शर्मा ओली । सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु

तेस्रो एनडिसी कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो

निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै

सरकारले आफ्ना मान्छे बचाउने खेल खेलिरहेको छः प्रचण्ड

डडेल्धुरा । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार गलत