नेपाल–भारत सीमा र विमानस्थलमा उच्च सुरक्षा सतर्कता बढाउने केन्द्रीय सुरक्षा समितिको निर्णय



काठमाडौं । सरकारले नेपाल–भारत सीमामा निगरानीका साथै जाँच बढाउने निर्णय गरेको छ । बुधबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले सीमामा निगरानी बढाउनुका साथै विमानस्थलमा उच्च सतर्कता अपनाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।

बैठकमा भारत–पाकिस्तानबीच तनाव बढेपछि पछिल्लो समय विकसित घटनाक्रमका बारेमा छलफल भएको थियो । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले भारत–पाकिस्तानबीचको तनावले मुलुकको आन्तरिक सुरक्षामा पर्ने प्रभावका विषयमा लामो छलफल भएको छ ।

त्यसैगरी बैठकमा पछिल्लो विकसित घटनाक्रममा लिएर आन्तरिक पर्नसक्ने प्रभाव, सुरक्षा सतर्कर्ता, तनावबाट हुनसक्ने सम्भावित चुनौतीका बारेमा समेत विस्तृतमा छलफल भएको छ ।

त्यसैगरी भारत र पाकिस्तानमा रहेको नेपाली नागरिकको सुरक्षाका विषयमा पनि बैठकमा छलफल भएको छ । प्रवक्ता तिवारीले भने, ‘आन्तरिक सुरक्षामा गर्नुपर्ने थप तयारी, समन्वय र सूचना आदानप्रदान लगायतका विषयमा कुराकानी भएको छ । सीमानाकादेखि विमानस्थलसम्म सुरक्षा सर्तकता बढाउने निर्णय नै भयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत आपूर्तिमा किन आयो समस्या ? यस्तो छ कार्यकारी निर्देशक शाक्यको जवाफ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा देखिएको समस्यालाई

नेपाल पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ

-केपी शर्मा ओली । सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु

तेस्रो एनडिसी कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो

निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै