‘मेरिटोक्रेसीका आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ, तर सरकार हावादारी काममा लाग्यो’



काठमाडौं । सरकारले एक महिनासम्म पनि नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न नसकेको भन्दै सांसदहरुले आलोचना गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारले गभर्नर नियुक्तिमा समय खेर फालेको भन्दै सरकारको आलोचना गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्कीले सरकारले राष्ट्र बैङ्कको गभर्नर नियुक्ति नगरेको भन्दै असन्तुष्टि जनाइन् ।

उनले गभर्नर पद खाली हुनु भनेको देशको अर्थतन्त्र नेतृत्वविहीन भएको सङ्केत रहेको बताइन् । गभर्नर कसको भागमा पर्ने भन्ने सौदाबाजीको खेलमा लागेर देशको अर्थतन्त्रको भविष्य दाउमा लगाइरहेको आरोप लगाइन् ।

उनले भनिन्, ‘गभर्नरको कार्यकाल सकिएको एक महिनाभन्दा बढी भइसक्यो। तर आजसम्म त्यो पद खाली छ। आजसम्म सरकार मौन र निर्णयविहीन भएर बसेको छ । यो देशको अर्थतन्त्र नेतृत्वविहीन भएको सङ्केत हो।’

त्यस्तै रास्वपाकी अर्की सांसद निशा डाँगीले गर्भनर नियुक्तिमा सरकारलाई समय खर्च नगर्न आग्रह गरिन् । उनले भनिन्, ‘मेरिटोक्रेसीका आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । सरकारको समय यस्तो हावादारी काममा खर्च नगर्न म सुझाव दिन्छु ।’

सरकारले भने गभर्नर नियुक्ति छिट्टै हुने बताउँदै आएको छ । मंगलबार आयोजित एक कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले गभर्नर नियुक्ति प्रधानमन्त्री केपी शर्मा ओलीका कारण ढिलाइ नभएको बताएका थिए ।

उनले भनेका थिए, ‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकरात्मक नै हुनुहुन्छ, राष्ट्र बैंकभित्रकै समस्या हो ।’

गभर्नर पद खाली हुनु भन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गर्नुपर्नेमा पद खाली भएको एक महिना बितिसक्दा पनि सरकारले नयाँ गभर्नर नियुक्त गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न

नेपाल पवित्र भूमि हो, जहाँ प्रत्येक चट्टान र झरनाबाट बौद्धिकता प्रस्फुटित हुन्छ

-केपी शर्मा ओली । सगरमाथा संवादको यस पहिलो संस्करणमा यहाँहरुलाई स्वागत गर्न पाउनु

तेस्रो एनडिसी कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो

निषेध गरेर लाने भए सरकारले औपचारिक रुपमै भन्दियोस् तिमीहरु विद्रोहमा जाउः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दूराज्यमा आस्था राखेकै