मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना, नौ जना घाइते



मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा सवारीसाधन दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर छ ।

मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उहाँकी पत्नी ७० वर्षीया फूलमाया घलान, ३८ वर्षीय रुपबहादुर राउत र ४८ वर्षीय दीपक खड्का गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

दुर्घटनामा ५० वर्षका सूर्य अधिकारी र १४ वर्षका कुमार तामाङ, राक्सिराङ गाउँपालिका–९ निवासी २८ वर्षका सुजन तामाङलाई भने सामान्य चोट लागेको छ ।

दुर्घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी कान्द्राङबाट प्रहरी सहायक निरीक्षक भरतकुमार खड्काको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो । घाइतेहरूको मनहरी अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका निशान परियार पुनः पक्राउ

बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौँको बालकुमारीबाट प्रहरीले १६८ थान मोबाइलसहित प्रहरीेले दुई जनालाई पक्राउ गरेको