देउवाले भने-चीनविरुद्ध नेपालको भूमि प्रयोग हुँदैन
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्न नदिइने बताएका छन् ।
जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौँमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीमा सभापति देउवाले एक चीन नीति नेपालले लिएको भन्दै चीनविरुद्ध नेपालको भूमि प्रयोग नदिइने बताएका हुन् ।
उनले दुई मुलुकबीचको सांस्कृतिक आर्थिक, सामाजिक साझेदारी सदैव मजबुत रहेको बताए । पारस्परिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीन सहकार्य गर्दै आएको उनले बताए ।