हाइटेन्सन लाइनको पोलमा ठोक्किएर रुपन्देहीमा एकजनाको मृत्यु



भैरहवा (रुपन्देही)। बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ । उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनका रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आइतबार प्रहरीमा परिवारले निवेदन दिएका थिए।

आज स्थानीयले हाइटेन्सन पोलमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका छिन् । प्रहरी प्रवक्ता कार्कीले टण्डनको मृत्यु दुर्घटनाका कारण भएको बताए।

“हामीले त्यस क्षेत्रको सिसिटिभी क्यामेराको रेकर्ड हेर्दा उहाँको दुर्घटना देखियो, थप अनुसन्धान भइरहेको छ”, उनले भने ।

सिसिटिभी रेकर्डमा लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल–११ कालिका पथमा विद्युत्को वालमा ठोक्किँदा दुर्घटना भएको देखिएको थियो ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको सिसिटीभी दृश्यमा राति २ः१५ बजे दुर्घटना भएको देखिएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल पोल नजिकै थुपारिएको निर्माण सामग्री हुँदै पोलमा ठोक्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रविको मुद्दामा सुनुवाइ नहुने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दायर गरेको बन्दी प्रत्यक्षीकरणको

५ सय र १ हजार दरका नयाँ नोट छाप्ने नवनियुक्त गभर्नर पौडेलको पहिलो निर्णय

काठमाडौं । नवनियुक्त गभर्नर डा. विश्वनाथ पौडेलले कार्यभार सम्हालेका छन् । प्रधानन्यायाधीशबाट शपथ

यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम

गण्डकी। ‘प्रिमनसुन’ अवधिमा भइरहेको वर्षाले यस वर्ष गण्डकी प्रदेशमा डढेलोका घटना कम भएका

राष्ट्र बैंकका नवनियुक्त गभर्नर पौडेलले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले नेपाल राष्ट्र बैंकको नवनियुक्त गभर्नर डा विश्वनाथ