सुदूरपश्चिमका मुख्यमन्त्री र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता



सुदूरपश्चिम ।  भारतको भ्रमणमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार लखनउमा भेटवार्ता भएको छ ।

मुख्यमन्त्री शाह र समकक्षी आदित्यनाथबीच दुई देशको सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि मुख्यमन्त्री शाह र उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामीबीच देहरादूनमा भेटवार्ता भएको थियो ।

भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध, सांस्कृतिक, धार्मिक तथा सामाजिक समानताका विषयमा छलफल भएको थियो ।

यस्तै मुख्यमन्त्री शाह र उत्तराखण्डका राज्यपाल गुरमित सिंहबीच समेत छुट्टै भेटवार्ता भएको थियो । मुख्यमन्त्री नेतृत्वको टोली सोमबारै धनगढी फर्किने बताइएको छ । भारत सरकारको औपचारिक निमन्त्रणामा मुख्यमन्त्री शाह नेतृत्वको १० सदस्यीय टोली यही वैशाख १६ गते भारत भ्रमणमा गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विद्युत आपूर्तिमा किन आयो समस्या ? यस्तो छ कार्यकारी निर्देशक शाक्यको जवाफ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत आपूर्तिमा देखिएको समस्यालाई

तेस्रो एनडिसी कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो

चितवनको भरतपुरमा बाबुले गरे आफ्नै छोरी र भतिजको हत्या

चितवन । चितवनमा एक व्यक्तिले शुक्रबार धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ, तर हामीले असर भने धेरै भोगिरहेका छौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता