पानी सुकाएर खोज्दा पनि भेटिएन सडकमा भासिएको गाडी



हेटौंडा । हेटौंडा उपमहानगरपालिका गौरीगाउँमा सडकमा भासिएको गाडी अझै फेला परेको छैन । गाडी खोज्न शनिबार दिनभर प्रयास गर्दा पनि गाडी फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, गाडी भासिएको खाल्डोको पानी सुकाएर गाडी खोजी गरिएको भएपनि फेला पार्न सकिएको छैन । बाँस डुबाएर प्रयास गरिएकोमा सो प्रयास पनि सफल नभएको प्रहरीले जनाएको छ ।

गाडी डुबेको खाल्टोबाट जति पानी बाहिर फाल्यो उति वरपरको माटो खाल्डोमा खसेर पुरिँदै जान थालेपछि खाल्डोमा डुबेको गाडी फेला पार्न समस्या भएको हो ।

गैरीगाउँको सो सडकमा शुक्रबार हरिराम राईको ना.४ च ४८३३ नम्बरको माछा ढुवानी गर्ने गाडी सडक भासिएको सोही खाल्डोमा परेको हो । गाडीका चालक र सहचालकले भने गाडी भासिनु अघि नै हामफालेर ज्यान जोगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर