प्रतिनिधिसभामा नीति कार्यक्रममाथि ६ दिन छलफल हुने



काठमाडौँ । सङ्घीय संसद्मा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा ६ दिन छलफल हुने भएको छ ।

प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले वार्षिक नीति तथा कार्यक्रममाथि छलफल र प्रधानमन्त्रीबाट जवाफका लागि यही वैशाख २२, २३, २४, २५, २६ र २८ गतेका दिन तोकेको जानकारी गराए ।

उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक घन्टा अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन सम्बन्धित दलका पदाधिकारीलाई आग्रह गरे ।

सभामुख घिमिरेले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सांसदले सोको सूचना यही वैशाख २० र २१ गते बिहान ११ देखि अपराह्न ३ बजेभित्र कार्यव्यवस्था शाखामा दिन सक्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्यहरूले मनसुन सुरु हुन लाग्दा प्राकृतिक जोखिम र क्षति न्यूनीकरण गर्न

तेस्रो एनडिसी कोप–२९ का अध्यक्ष बाबायेभलाई हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवादमा सकारात्मक सन्देश प्रवाह गर्न तेस्रो

चितवनको भरतपुरमा बाबुले गरे आफ्नै छोरी र भतिजको हत्या

चितवन । चितवनमा एक व्यक्तिले शुक्रबार धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या

हरितगृह ग्यास उत्सर्जनमा हाम्रो भूमिका न्यून छ, तर हामीले असर भने धेरै भोगिरहेका छौँः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल जोगाउनु पृथ्वी, महासागर र स्वयम् मानवता