आस्थाका बन्दी रिहाइको माग गर्दै ललितपुरमा रिले अनसन सुरु
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र लगायत सबै आस्थाका बन्दीहरुको रिहाइको माग गर्दै राष्ट्रवादी देशभक्त जनता नामक संगठनले जावलाखेलमा रिले अनसन सुरु गरेको छ ।
संगठनले शुक्रबार बिहानदेखि जावलाखेलको ललित मण्डपमा रिले अनसन सुरु गरेको हो । मिश्र लगायतका नेताहरु चैत १५ गते राजावादीहरुले गरेको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।