नेपालले ठेकेदारलाई पैसा नदिँदा जापानमा नेपाली पेभिलियन निर्माण अलपत्र(भिडियो)
काठमाडौं । जापानको ओसाकामा नेपाली पेभिलियन निर्माण अलपत्र परेको छ । निर्माण कम्पनीलाई नेपालले पैसा नदिँदा पेभिलियन निर्माण अलपत्र परेको हो । निर्माण कम्पनीलाई पैसा नदिँदा पुसदेखि अलपत्र परेको हो ।
निर्माण अलपत्र परेको समाचार जापानको राष्ट्रिय संचारलेसमेत प्रशारण गरेका छन् ।
यसरी निर्माण कार्य अलपत्र परेको भन्दै पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले यसले नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भएको भन्दै प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको ध्यानकर्षण गराएकी छन् ।
उनले भनेकी छन्, ‘नेपालको अन्तर्राष्ट्रिय बेइज्जत भैसक्यो, प्रधानमन्त्रीज्यू र परराष्ट्रमन्त्रीज्यू तपाईंहरू के हेरेर बस्नुभएको छ ? जापानको राष्ट्रिय संचारमा आएको यो समाचार हेर्नुहोला
–जापानको ओसाकामा भैरहेको ‘ओसाका एक्स्पो’ जहाँ विभिन्न देशहरूले आफ्ना प्रदर्शनी राखेका छन् । – नेपालको भने आधाअधुरो छ । काम गत पुसदेखि अलपत्र छ रे (Jan २०२५) ।– एक्स्पो वैशाखदेखि (April २०२५) सुरु भयो । – त्यहाँका ठेकेदारलाई पैसा नदिएकाले काम रोकिएको रे । प्रधानमन्त्रीज्यू र परराष्ट्रमन्त्रीज्यू, तपाईंहरू जवाफदेही कहिले हुने हो ? हामीलाई विभिन्न माध्यमबाट जापानमा बस्नुहुने नेपालीहरूले लेखेर पठाउनु भएको हो यसको बारेमा । नेपालीलाई विदेश जान बाध्य त बनाउनु भयो, अब त्यहाँ नेपाली भनेर भन्न सम्म लाज मान्नुपर्ने स्थिति बनाउँदै हुनुहुन्छ ! लाज त खास तपाईंहरूलाई लाग्नु पर्ने हैन र ?’
हेर्नुस् जापानी संचारमाध्यममा प्रशारण भएको समाचार