भारतको ओडिसास्थित केआईआईटीको होस्टलमा अर्की नेपाली छात्रा मृत फेला
काठमाडौं । भारतको ओडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की नेपाली विद्यार्थी छात्रा मृत फेला परेकी छिन् ।
कलेजको होस्टलमा बिहीबार नेपाली विद्यार्थी मृत फेला परेकी हुन् । मृत्यु हुनेमा वीरगञ्जकी प्रिशा साह हुन् । उनी स्नातक प्रथम वर्षमा अध्ययनरत रहेको बताइएको छ ।
नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी नयाँदिल्लीस्थित नेपाली दूतावासले जनाएको छ । केआईआईटी अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् ।