राष्ट्रपतिसमक्ष पाँच राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस



काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न पाँच देशका नवनियुक्त गैरआवासीय राजदूतहरूले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।

राष्ट्रपति भवनमा बुधबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा गणतन्त्र बेलारूसका गैरआवासीय राजदूत मिखाइल कास्को, जर्जियाका गैरआवासीय राजदूत बख्ताङ, गणतन्त्र मालीका गैरआवासीय राजदूत ब्रिगेडर जनरल फेलिक्स दिएल्लो, कुवेत अधिराज्यका गैरआवासीय राजदूत मेसल मुस्तफा जे अल्सेमाली र गणतन्त्र अर्मेनियाका गैरआवासीय राजदूत बहगन अफयानले आ-आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।

नवनियुक्त राजदूतलाई काठमाडौँस्थित होटेल डुसिट प्रिन्सेसदेखि राष्ट्रपति भवनसम्म रिसल्लासहितको बग्गीमा सवार गराइएको थियो ।

समारोहमा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवालगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीसमेतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गोरखाको छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटियो

गोरखा । गोरखाको गोरखा नगरपालिका-१० छेपेटारमा सत्रौँ शताब्दीको भग्नावशेष भेटिएको छ । पुरातत्व

सरकारको कार्यशैलीप्रति कांग्रेस सांसदहरु असन्तुष्ट, माओवादीसँग गठबन्धन नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रसँग गठबन्धन गरेर जाने कुनै सम्भावना नरहेको

सगरमाथा बेसक्याम्पमा जलवायु परिवर्तन र हिमाली जीवनका विषयमा विशेष संवाद(फोटोफिचर)

काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार ‘सगरमाथा बेसक्याम्पमा

भण्डारी र जीबराज आश्रितको बलिदानले कम्युनिष्ट आन्दोलन नयाँ उचाइमा: पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको विकासक्रमा जननेता