सहिदका सपना पूरा गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता



कञ्चनपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले सहिदका सपना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टीको हुलाकी राजमार्ग केन्द्रित जनतासँग माओवादी तराई-मधेस जागरण अभियानका लागि पुनर्वास नगरपालिकाको मातियाबस्ती पुगेका अध्यक्ष दाहालले आज सहिद परिवार सम्मान कार्यक्रममा ‘एक सहिद, एक रोजगार कार्यक्रम’ सञ्चालन गरिने बताए ।

अध्यक्ष दाहालले सहिद, बेपत्ता योद्धा परिवारप्रतिको जिम्मेवारी र कर्तव्य पूरा गर्न आफू र आफ्नो पार्टी प्रतिबद्ध भएर लाग्ने बताए । सहिदले देखाएको सत्मार्गमा लाग्ने प्रण गर्दै उनले सहिद परिवारका सदस्यलाई पार्टीले उच्च स्थानमा राखेको बताए ।

जनताको बलिदानबाट गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको चर्चा गर्दै अध्यक्ष दाहालले गणतन्त्रको विकल्प अर्को शासन व्यवस्था हुन नसक्ने उनले बताए ।

त्यस अवसरमा उनले सहिद परिवारका सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका छन् ।

यसैबीच, बेलौरी नगरपालिकाको रामपुरस्थित खानेपानी आयोजाको अध्यक्ष दाहालले उद्घाटन गरेका छन् । सोही नगरपालिकाको पर्यटकीय क्षेत्र शोभातालको पनि उहाँले अवलोकन गरेका छन् ।

आजै अध्यक्ष दाहालले पुनर्वास नगरपालिका- ५ शोभाताल प्राङ्गणमा सहिद तथा बेपत्ता परिवारका सदस्यहरूसँग भेट गरे । भेटमा उनले सहिदहरूको बलिदानलाई खेर जान नदिने र न्याय, सम्मान र समानताको मार्गमा अघि बढ्ने प्रतिबद्धता दोहोर्याए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर