आगलागीबाट भोजपुरमा आठ जलेर नष्ट



भोजपुर । सामुदायिक वनमा लागेको डढेलो बस्तीमा प्रवेश गर्दा  भोजपुर नगरपालिका–१२, पारपानीका आठ घर र आठ वटै पाली जलेर नष्ट भएको छ । पारपानी टङ्टङ्केडाँडास्थित इनामे सामुदायिक वनमा लागेको आगो बस्ती पसेको हो ।

आगलागीबाट पारपानीका स्थानीय शम्भु चापागाईँको पाली, सोभित श्रेष्ठको घर पाली, गोमा दर्जीको घर, रामबहादुर कार्कीको घर पाली, गोपीकृष्ण धमलाको पाली, रुद्रप्रसाद ढकालको घर पाली, शेखर धमलाको घर, तीर्थप्रसाद सुवेदीको घर पाली, चन्द्रप्रसाद सुवेदीको घर, रामबहादुर कार्कीको घर पाली र गोविन्द चापागाईँको पाली जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिमिल्सिनाले जानकारी दिए ।

अत्यधिक हावाहुरीका कारण आगो निभाउन नसकेपछि बस्तीमा क्षति पुगेको डिएसपी तिमिल्सिनाले बताए । आगोलागीबाट ढुङ्गा माटोले बनेका घरमा क्षति पुगेको हो ।

आगो निभाउन स्थानीय, प्रहरी, सशस्त्र प्रहरी, नगरपालिकाको दमकल प्रयोग गरी प्रयास भइरहेको तर हालसम्म निभाउन नसकिएको प्रहरीले जनाएको छ ।

हावाहुरीसँगै आगलागी हुँदा रामप्रसाद राई गाउँपालिका–४ दलगाउँ केराबारीमा पाँच घरभन्दा बढी जलेर नष्ट भएको छ । सो वडाका वडाध्यक्ष बाबुकुमार राईले आगलागी पूर्णरुपमा निभाउन नसकिएकाले क्षतिको विवरण अझै बढन् सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
विदेशिएका श्रमिकको हितका लागि सरकारले थप कार्यक्रम ल्याउँछः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको हितका

एनआरएनएका अग्रजहरुले समस्याको निकास निकाली विधिपूर्वक प्रक्रियामा लैजानुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गैरआवासीय नेपाली संघ (एनआरएनए) मा हाल देखापरेको विवाद समाधानका

‘रैथाने गाईको पञ्चगव्यमा आधारित उत्पादन’

काठमाडौं । नेपाली रैथाने गाई संरक्षणका लागि पञ्चगव्यमा आधारित औषधिजन्य प्राकृतिक उत्पादन गर्न

एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौँमा हुने भएको छ