यातायात व्यवसायीद्वारा सरकारलाई सार्वजनिक सवारीसाधनको साँचो हस्तान्तरण



काठमाडौं । आफ्ना माग सम्बोधन गर्न दबाब दिँदै आएका यातायात व्यवसायीहरुले सरकारलाई सार्वजनिक सवारीसाधनको साँचो हस्तान्तरण गरेका छन् ।

कोभिड खोपको उचित व्यवस्था गर्नुपर्ने, भाडा समायोजन गर्नुपर्ने लगायतका सात बुँदे माग राखेर आन्दोलन गर्दै आएका यातायात व्यवसायीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई साँचो हस्तान्तरण गरेका हुन् । आइतबार माइतीघर मण्डलामा भेला भएका यातायात व्यवसायीहरुले बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर उनीहरुले प्रमुख जिल्ला अधिकारी पराजुलीलाई सार्वजनिक सवारीसाधनको साँचो हस्तान्तरण गरेका हुन् ।

कोभिड संकटका कारण यातायात व्यवसायीहरुले भोग्नु परेको समस्या तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिन प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री देउवालाई सार्वजनिक यातायातको साधनको साँचो बुझाउनुपरेको सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका अध्यक्ष होमप्रसाद अधिकारीले जानकारी दिए ।

उनले आफूहरुको माग अव पनि सरकारले सम्बोधन नगरे कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी समेत दिए। त्यस अवसरमा उनले कोभिड संकट बढेर जाने सम्भावना रहेको औंल्याउँदै स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्न यातायात व्यवसायीहरुलाई आग्रह पनि गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

तिवारीद्वारा एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नवलपरासीको गैंडाकोटमा जन्मिएर अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

जतिसुकै सिट सङ्ख्या भएपनि यो संविधान र लोकतान्त्रिक गणतन्त्रको माओवादी संस्थापन होः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै सङ्ख्या भए पनि