कांग्रेस नेता अमरेश सिंहद्वारा सांसद पदबाट राजीनामा



काठमाडौं । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले सांसद पदबाट राजीनामा दिएका छन् । पार्टीको क्रियाशील सदस्यता वितरण, समायोजन र नवीकरणका क्रममा पार्टीभित्र उत्पन्न अवाञ्छित, अस्वाभाविक र भद्दा प्रवृत्तिले नेपाली काँग्रेस चुस्त र गतिशील बन्ने मार्गमा अवरोध पैदा गरेको भन्दै सांसद सिंहले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन् ।

राजीनामा पत्रमा नेता सिंहले विशेषतः प्रदेश नम्बर २ मा पार्टीका उपसभापति विमलेन्द्र निधिले अवलम्बन गरेको नीति र व्यवहारले चिन्ताजनक स्थिति उत्पन्न गराएको उल्लेख गरेका छन् ।

सिंहले राजीनामा पत्रमा भनेका छन्, ‘मधेसमा काँग्रेसको प्रतिष्ठा र छवि रक्षा गर्दै ह्रासोन्मुख जनआस्था र विश्वास पुनःस्थापना गर्न नागरिकको हैसियतमा मेरो भूमिका उपयोगी हुने भएकोले महामानव बीपी कोइरालाको स्मृति दिवसका दिन आजै प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा गर्दछु ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको

पहिरोमा पुरिएर अर्घाखाँचीमा श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको