कलाकार उत्तम नेपालीको निधन



काठमाडौं । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको बुधबार बिहान निधन भएको छ । काठमाडौँ किलागल टोलमा विसं १९९४ वैशाख १८ गते जन्मिएका ललितकलाकर्की नेपालीको मुटुसम्बन्धी समस्याको उपचारका क्रममा मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टरमा निधन भएको हो ।

किलागलमा पिता विष्णुप्रसाद कर्माचार्य र माता रत्नदेवीका कोखबाट जन्मिएका नेपालीसँग निजामती सेवाको पनि लामो अनुभव थियो । तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य नेपालीले चौध पटकभन्दा बढी एकल चित्रकला प्रदर्शनी गरेका थिए ।

साहित्यकार नेपालीका लेख, रचना र कविता पहिलोपटक विसं २०२१ मा मधुपर्कमा प्रकाशित भएको थियो । उनको ‘बिना शीर्षक’ कविता सङ्ग्रह २०६१ सालमा प्रकाशन भएको छ । कवि र साहित्यकारको मुहारचित्र बनाई प्रदर्शन गरेका उनी राष्ट्रिय प्रतिभा पुरस्कार २०५४ र सुप्रबल जनसेवा श्री तृतीय पदकबाट सम्मानित भएका थिए । उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको

पहिरोमा पुरिएर अर्घाखाँचीमा श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको