ओलीले आफूलाई नसुधारेसम्म विवाद रहिरहन्छः विरोध खतिवडा



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षका सांसदहरुले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गलत प्रवृत्ति त्याग्न सुझाव दिएका छन् । मंगलबार बसेको नेपाल पक्षका सांसदहरुको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।

बैठकमा समसामयिक विषयका साथै आफ्नो पक्षमा सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल भएको सांसद विरोध खतिवडाले जानकारी दिए । उनले आफूलाई अदालतले पनि साथ दिइरहेको र जहिल्यै सत्यको बाटोमै हिँडेको बताए ।

आफूहरु विधिसम्मत बाटोमा हिँडेको तथा आफ्ना माग र मुद्दा स्थापित भइरहेका भन्दै खतिवडाले केपी ओलीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहिरहने बताए ।

त्यसैगरी सांसद रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधिसभाको विघटनदेखि पुनस्र्थापनासम्मको भूमिकाबारे छलफल भएको जानकारी दिइन् । सरकारमा जाने कुरा आफूहरुको एजेण्डा नभएको र आफ्नो पार्टी विपक्षमा भएकोले सरकारमा नजाने बताइन् । उनीहरुले एमाले केन्द्रीय कमिटी बैठकले २२ जनालाई २४ घण्टे स्पष्टिकरण सोधेको बताएपनि आफूहरुले अहिलेसम्म पत्र नपाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दुई वर्षे कार्यकाल र ७० वर्षे उमेर हद हटाउने प्रस्ताव एमाले सचिवालय बैठकबाट अनुमोदन(भिडियो)

काठमाडौं । नेकपा एमालेले दुई वर्षको कार्यकाल र ७० वर्षको उमेर हद हटाएको

श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ बनाउने सहमति

काठमाडौं । नेपाल सरकार, रोजगारदाता र श्रमिक संगठनबीच श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार

अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत

जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन