राष्ट्रपतिका कदमको व्यापक जनआलोचना भइसकेको छ, त्यो आफैंमा कारबाही जस्तै हो



नारायण गाउँले ।

हामी अझै महामारीको मुखमा छौं । यो असामान्य समय हो । कम्तिमा शासन सम्हाल्नेले यतिबेला बदलाको भाव र विग्रह निम्त्याउने काम गर्नु मानवता र राष्ट्र दुबैप्रति घात हुन्छ । यी दुई कुरामा नयाँ बन्ने सरकारको ध्यान गए हुन्थ्यो,

-खोप नै भाइरससँग लड्ने अन्तिम अस्त्र हो भन्ने देखियो । तीन करोड़ जनसङ्ख्या छ । दुई करोड़लाई खोप दिने हो भने पनि झन्डै ४ करोड़ डोज खोप चाहिन्छ । अहिलेसम्म हामीले केही लाख खोपमात्रै किन्न सकेका छौं । बजारमा धेरै वटा विश्वसनीय खोप उपलब्ध छन् । पूर्ववर्ती सरकारले हासिल गर्न सकेका प्रगतिलाई सुरक्षित गर्दै स्वास्थ्य क्षेत्रमा निरन्तर खबरदारी गरिरहेका र अनुभवसमेत भएका गगन थापालाई सो मन्त्रालय दिने र जताततै माग्ने भन्दा तत्काल कम्पनीहरूसँगै खरिद-सम्झौता गर्ने । असारे विकासको खर्च असारको अन्तिम दिन अरबौंमा हुन्छ । दुई दिन बाँकी छ । त्यत्ति रोके पनि खोप किन्न सकिन्छ । घाँस उखेल्ने रोजगार कार्यक्रमको बजेट पनि प्रयोग गर्न मिल्छ ।

-राष्ट्रपतिका कदमको व्यापक जनआलोचना भइसकेको छ । त्यो आफैमा कारबाही जस्तै हो । आफ्नै दिनगन्ती निश्चित नभएको र महामारीले थिचेको यो समयमा कसैको उक्साहटमा लागेर राष्ट्रपतिमाथि महाभियोग लगाउने असफल प्रयास नगर्ने । देशलाई यतिबेला द्वन्द्व होइन, एकता चाहिएको छ । महामारीको यत्रो महिना देशले व्यर्थको राजनैतिक लडाइँमात्रै लडी रहेछ ।

उसो त हनुमानका अनुमानलाई नै उत्तम सुझाब र मार्गदर्शन मान्ने रोगबाट हाम्रा शासक मुक्त छैनन् । अन्त्यमा हुने त्यही हो । तै पनि लेख्नु हाम्रो धर्म हो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित

‘स्टकमा भएको मल खेतमा बाली डढुन्जेलसम्म किसानले किन पाउदैनन् त ?’

-जेपी गुप्ता । ‘यथेष्ट विद्युत उत्पादन नहुनु वा यसको अभाव नै रसायनिक मल

चिमखोला–राहुघाट प्रशारण लाइनको परीक्षण सुरु

म्याग्दी । म्याग्दीको राहुघाट वेशिनका जलविद्युत आयोजनाबाट उत्पादित विद्युतलाई केन्द्रीय प्रणालीमा आवद्ध गराउन

कोइराला समूहको निष्कर्षः ०८४ र त्यसअघिको उपनिर्वाचनमा हुनसक्ने गठबन्धनका उम्मदेवार जिताउन कारबाही

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहले पार्टीका नेताहरुमाथि गरिएको कारबाही