काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्तामा बस्ने नैतिक अधिकार नभएको बताएका छन् । विराटनगरमा प्रधानमन्त्रीले संसद पुनःस्थापना भए आन्दोलन गर्ने अभिव्यक्ति दिएको भन्दै भट्टराईले यो लोकतन्त्रमाथि भद्दा मजाक भएको बताएका हुन् ।
उनले भनेका छन्, ‘देशको प्रधानमन्त्रीले नै’कुनै सेटिङ÷फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता व्यक्तिलाई सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ? यो लोकतन्त्रमाथि भद्दा मजाक नभए के हो ? सत्ता कब्जा गरेर बस्नेको संलग्नता विना कसले सेटिङ गर्ने हो ? अदालतमाथिको दबाब पुष्टि भएन र ?’


प्रतिक्रिया