हुस्सुले आन्तरिक तथा अन्तराष्ट्रिय उडान प्रभावित



काठमाडौं । काठमाडौँ उपत्यकामा बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तराष्ट्रिय दुवै उडान प्रभावित भएको छ । मुलुकका अन्य पहाडी र दुर्गम तथा तराई भेगको उडान पनि प्रभावित भएको छ ।

बिहान सबेरैदेखि बाक्लो हुस्सुले भिजिबिलिटी (दृश्य क्षमता) कम भएका कारण अन्तर्राष्ट्रिय विमानस्थलको सबै उडान प्रभावित भएको विमानस्थलका निमित्त महाप्रबन्धक देवचन्द्रलाल कर्णले जानकारी दिए । उनका अनुसार आज बिहान चीनको कुनमिङबाट आएको हिमालय एयरलाइन्सको जहाज मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । बिहान करिब ६ः३० बजे उक्त जहाज अवतरण गरे पनि लगत्तै बाक्लो हुस्सु लागेपछि विमानस्थलमा कुनै पनि जहाजको उडान अवतरण भएको छैन ।

हुस्सु खुलेपछि अर्थात् बिहान १० बजेपछि मात्र उडान सामान्य हुने निमित्त महाप्रबन्धक कर्णले बताए । “बिहान एक मात्र अन्तर्राष्ट्रिय उडानको जहाज अवतरण भयो । अहिले बाक्लो हुस्सुले भिजिबिलिटी १०० मिटर मात्रै छ, बिहान १० बजेपछि मात्र उडान सामान्य हुनेजस्तो देखिन्छ”, उनले भने ।

अन्तर्राष्ट्रिय उडानका जहाजलाई अवतरण गर्न एक हजार ५०० मिटर भिजिबिलिटी चाहिन्छ । त्यस्तै आन्तरिक उडानका जहाजको प्रकृति अनुरुप फरक–फरक भिजिबिलिटी हुनुपर्छ । आइएफआर जहाजलाई उडानका लागि डेढ किलोमिटर भिजिबिलिटी चाहिन्छ । ती जहाजलाई अवतरणका लागि तीन किलोमिटर भिजिबिलिटी चाहिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली। मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान

हस्ताक्षरपछि मनिषाले भनिन्-पक्कै पनि रविमाथि राज्यबाट दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर

‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित