अझै शुरु भएन धुलिखेल–सूर्यविनायक सडक विस्तार



काठमाडौं । काठमाडौँ उपत्यका बाहिरका धेरै जिल्लाबाट उपत्यका भित्रिने नाकाका रूपमा रहेको सूर्यविनायक–धुलिखेल सडक विस्तार शुरु हुनसकेको छैन । एक दशक पहिले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तीनकुने–सूर्यविनायक सडक छ लेनमा विस्तार गरेको थियो । जाइकालले नै सूर्यविनायक–धुलिखेल सडकसमेत विस्तार गर्ने भनिए पनि त्यसमा निर्णय भएर काम हुन नसकेको हो ।

सडक विभागको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेल सडक र विपी राजमार्गको धुलिखेलबाट सिन्धुली हुँदै बर्दिवास सडक गरी सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजना रहेको छ । आयोजनाले सूर्यविनायकदेखि धुलिखेल सडकमा निर्माण वा विस्तारको काम नगरेको आयोजना प्रमुख सूर्यबहादुर भाटले बताए । अहिले डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गका विभिन्न खण्डमा मर्मतको काम गरिरहेको छ । उनले भने, “विस्तारका लागि योजना बनेपछि मात्रै हामीले काम गर्नैछौँ ।”

झण्डै एक दशक पहिलेदेखि नै यो सडक विस्तारका लागि छलफल भइरहे पनि निर्णय हुन नसकेको हो । जाइकाले यो सडकमा पूर्व अध्ययनसमेत गरिसकेको छ । अध्ययनको लामो समय बितिसक्दा पनि निर्माणका लागि सम्झौता नभएकाले विस्तृत अध्ययन हुनसकेको छैन । गत वर्ष जाइकाले कोटेश्वर–जडीबुटी सडकमा ‘अण्डरपास’ निर्माण गर्ने गरी छलफल हुँदा विभागले त्यससँगै यो सडकको विस्तारका लागि समेत प्रस्ताव गरेको थियो ।

वाग्मती प्रदेश र प्रदेश नं २ का जिल्लाबाट समेत काठमाडौँ भित्रिने नाकाका रूपमा यो सडक रहेको छ । अरनिको, विपी राजमार्गसँगै मध्यपहाडीलगायतका राजमार्गसमेत सञ्चालनमा आएसँगै काभ्रेपलाञ्चोकको बनेपाबाट भक्तपुरसम्म सवारी चाप बढिरहेको छ । यस सडकमा साँझको समयमा सवारी साधनले उपत्यका भित्रिन घण्टौँ जाममा बस्नुपर्ने अवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

तिवारीद्वारा एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नवलपरासीको गैंडाकोटमा जन्मिएर अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा

बाढीपहिरोले प्रमुख दश राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ । बाढीपहिरोका कारण मुलुकका १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

यसरी भासिएको छ दाउन्ने–बर्दघाट खण्डको खुर्साने खोला नजिकै सडक

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने–बर्दघाट सडकखण्ड अवरुद्ध भएको छ । खुर्साने खोलानजिकै सडकको