डा मुडभरीको तेह्रौं पुण्यतिथिको अवसरमा ओम अस्पतालद्वारा श्रद्धाञ्जली सभाको आयोजना
काठमाडौं । वरिष्ठ सर्जन डा.ध्रुव शर्मा मुडभरीको तेह्रौ पुण्यतिथिको अवसरमा बिहीबार ओम हस्पिटलले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै ओम अस्पतालका अध्यक्ष तथा राप्रपाका नेता उद्धव पौडेलले डा.मुडभरीको निधनले मुलुकले एउटा दक्ष चिकित्सक गुमाएको वताए ।
उनको सादगी, ओम अस्पताललाई गर्ने माया तथा विरामिहरूप्रतिको उनको व्यवहार अत्यन्तै प्रसंशायोग्य भएको भन्दै आफूलाई ओम अस्पतालको संचालकमा ल्याउन उहाँको मुख्य भुमिका रहेको वताए । उनी एक कुशल चिकित्सक मात्र नभएर पारिवारिक मित्र पनि भएको भन्दै पौडेलले उहाँको स्मृतिमा अस्पतालले केही कार्यक्रम गर्ने समेत वताए ।
श्रद्धाञ्जली सभामा अस्पतालका प्रवन्ध निर्देशक बाबुकाजी कार्की, कर्मचारी युनियनका अध्यक्ष केशव चौंलागाईँलगायतका वक्ताहरूले डा.मुडभरको व्यक्तित्व तथा कृतित्वको वारेमा प्रकाश पारेका थिए । श्रद्धाञ्जली सभामा अस्पतालका संचालकहरू,सहकर्मी चिकित्सकहरु, ओम अस्पतालका कर्मचारी लगायतको उपस्थिति रहेको थियो।