निःशुल्क खाना खुवाउने अभियान अब थापालाथीमा



काठमाडौं । खुलामञ्चमा निःशुल्क खाना खुवाउने अभियानलाई काठमाडौं महानगरले रोक लगाएपछि अभियान्ताहरुले थापाथलीमा खाना खुवाउन सुरु गरेका छन् । द हन्ड्रेड गु्रप लगायतका संघ संस्थाले बुधबारबाट काठमाडौंको थापाथलीमा रहेको खुल्ला स्थानमा निःशुल्क खाना खुवाउने अभियानलाई निरन्तरता दिएका हुन् ।

थापाथलीमा पनि उनीहरुले बिहान र बेलुका गरि दुई समय खाना खुवाएका छन् । खुलामञ्चमा खाना खुवाउँदा धुवाँधुलो हुने र यसबाट कोभिड १९ संक्रमणको जोखिम मात्र नभएर अन्य रोगको समेत सम्भावना भएको भन्दै महानगरपालिकाले मंसिर २ गते देखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भनेको थियो।

नयाँ ठाउँमा शौचालय, खानेपानी, फोहोर फाल्ने ठाउँ लगायतका पूर्वाधार निर्माण भने महानगरले नै गर्ने बताइएको छ । सक्षम तथा काम गर्न सक्नेका लागि काम दिने र नसक्ने लाई निःशुल्क खाना खान खुवाउने नीति रहेको महानगरले बताउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन २५ प्रतिशतले वृद्धि

गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध अन्नपूर्ण क्षेत्रमा आर्थक वर्ष २०८०/८१ को तुलनामा गत

जोमसोमदेखि धार्काजुङसम्म आठ किलोमिटर लामो साइकल ट्रेल निर्माण

मुस्ताङ। मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल निर्माण गरिएको छ। पर्यटन

चितवनमा ट्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर । चितवनमा ट्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ । रत्ननगर

सुरुमा गति लिएपनि अहिले सरकार बरालियोः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत