मनाइयो गाईको पूजा गरी गाई तिहार



काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आइतबार गाईको पूजा गरी गाई तिहार मनाइएको छ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट जस्तै माया पाइने धार्मिक विश्वासका साथ पूजा गरि गाई तिहार मनाइएको हो । हरेक वर्ष तिहारमा गाईको पूजा गर्ने गरिन्छ । गाई जगत जननी भएकाले पनि हिन्दू संस्कार अनुसार पूजा गर्ने गरिएको हो ।

गाईको दूध, गहुँत, गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिन्छ । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा अचुक औषधिका रूपमा प्रयोग गर्दा मानव स्वास्थ्यलाई फाइदा पुग्ने भनी अनुसन्धानबाट प्रमाणित गरेपछि गाईको महत्व अझ बढेको छ ।

गाईतिहारका दिन बेलुकी घर घरमा ‘देऊ शुभ’ भनी देउसी खेल्ने गरिन्छ । देऊ शुभ भन्ने क्रममा अपभ्रंश भई देउसी भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको

पहिरोमा पुरिएर अर्घाखाँचीमा श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको