पर्यटनमन्त्रीद्वारा अमादब्लम हिमालको आरोहण गरेका कतारका राजकुमारलाई बधाई



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अमादब्लम हिमालको आरोहण गरी स्वदेश फर्किन लागेका कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लालाई बधाई तथा सम्मान गरेका छन् । शनिबार आयोजित कार्यक्रममामन्त्री भट्टराईले कोभिड–महामारीबीच राजकुमार अब्दुल्लाले हिमाल आरोहण गरी नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएकोमा कृतज्ञता व्यक्त गर्दै राजकुमारसहितको आरोही टोलीलाई मायाको चिनो प्रदान गरी बधाई दिए ।

उनले पर्यटकीय गतिविधि क्रमशः चलायमान हुँदै गएकाले अब छिट्टै नेपालको पर्यटन पुरानै लयमा फर्किने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले भने,“दुई विशिष्ट व्यक्तिको हिमाल आरोहणले नेपालको पर्यटन क्षेत्रमा उत्साह जगाएको छ । यो असाध्यै खुशीको कुरा हो । अब विस्तारै नेपालको पर्यटन पुरानै लयमा फर्किँदैछ, त्यसैले विदेशी पाहुनालाई स्वास्थ्य मापदण्ड पालना गरी नेपाल भ्रमणमा आउन आग्रह गर्दछु ।”
राजकुमारसहित १३ सदस्यीय टोलीले यही कात्तिक २६ गते बिहान ११ः२० बजे ६ हजार ८१४ मीटर अग्लो अमादब्लमको सफल आरोहण गरेको पर्यटन विभागले जनाएको छ । उक्त आरोहण अमादब्लम हिमालमा शरद् ऋतुको पहिलो थियो । राजकुमारसहितको आरोही टोलीमा ६ आरोही सदस्य थिए । त्यसमा केही अमेरिकी र क्यानडाली पनि सहभागी थिए । उक्त आरोहणमा म्यारेट मेडिसिनको नेतृत्वमा ६ विदेशी र आठ नेपाली सहभागी थिए ।

सन् २००९ देखि नेपाल आउन थालेका राजकुमार अब्दुल्लाको यो आठौँ भ्रमण हो । सन् २०१३ मा सगरमाथा आरोहण गरेका उनी तीन पटक सो हिमालको आधार शिविर पुगेका थिए । नेपालका अन्य पर्यटकीय गन्तव्यको स्वाद लिएका अब्दुल्लाले नेपालको प्राकृतिक सुन्दरता र आतिथ्य सत्कारबाट आफू प्रभावित रहेको जनाउँदै नेपाल विश्वकै सुन्दर देश भएकाले फेरि पनि नेपाल आउने चाहना प्रकट गरे । उनी आइतबार स्वदेश फर्कने जनाइएको छ । यसअघि बहराइनका राजकुमार नासिर बिन हामिद अल खलिफासहितको रोयल फोर्सको टोली आठ हजार १६३ मिटरको मनास्लु हिमाल चढेर कात्तिक पहिलो साता स्वदेश फर्किएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

काठमाडौंमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक

राखेपलाई प्रधानमन्त्रीको निर्देशनः ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउनुस्

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि