सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप



काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि भन्दै सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गर्दै मंसिर ३० गतेसम्म पुर्याएको छ । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले सीमा नाकामा लगाएको प्रतिबन्ध एक महिना थप गरिएको जानकारी दिएका हुन् ।

सरकारले यसअघि कात्तिक ३० गतेसम्म सीमा नाकामा प्रतिबन्ध लगाएको थियो । कोरोना महामारीका कारण चैत ११ यता नेपालका सबै स्थल नाकाबाट नेपालीबाहेकलाई प्रवेशमा रोक लगाइएको थियो ।

बैठकले कोरोना परिक्षण सहित सम्पूर्ण उपचार सेवा सरकारी प्रयोगशाला र स्वास्थ्य संस्थामा निःशुल्क गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिए ।

यस्तै बैठकले मन्त्रिपरिषदका सबै सदस्यको यस वर्षको चैत मसान्तसम्मको आधा तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय समेत गरेको छ ।
यसैगरी कोरोनाविरुद्धको खोप यथाशक्य छिटो ल्याउन अर्थ, स्वास्थ्य र परराष्ट्र सचिव सम्मिलित टोली गठन गरेको छ ।

बैठकले बंगलादेशले पैँचोमा युरिया मल दिन नमिल्ने बताएपछि मल किन्ने निर्णय गरेको छ भने नेपालमा नै रसायनिक मल कारखाना खोल्न समिति गठन गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए । साथै पुस्तक आयातमा लाग्दै आएको विवादास्पद भन्सार महशुल खारेज गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

बैठकले सार्वजनिक खर्चमा मितव्यतिता कायम गर्ने सम्बन्धी मापदण्ड २०७७ स्वीकृत गर्ने निर्णय पनि गरेको छ । त्यस्तै देशका बिभिन्न स्थालाई औधोगिक ग्राम घोषणा गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । त्यस्तै किजापूजाको अवसरमा मंसिर दुई गते सार्वजनिक विदा दिने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रविधिमैत्री बन्दै नेपाली खेलकुद : सातदोबाटोमा ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ उद्घाटन(फोटोफिचर)

काठमाडौं । नेपाली खेलकुदलाई प्रविधिमैत्री बनाउने उद्देश्यले स्थापित ‘नेशनल हाई पर्फमेन्स सेन्टर’ औपचारिक

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

सात महिनापछि बालेनले बोलाए कार्यपालिका बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सात महिनापछि कार्यपालिका बैठक बोलाएका छन्