सदर चिडियाखानालाई ललितपु महानगरको आर्थिक सहयोग



काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानालाई ललितपुर महानगरपालिकाले आर्थिक सहयोग गरेको छ ।

महानगर प्रमुख चिरिबाबु महर्जनले बिहिबार एक कार्यक्रमबीच चिडियाखाना प्रमुख चिरञ्जिवी पोखरेललाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गनरेका हुन् । कोरोना महामारीका कारण लामो समयदेखि चिडियाखाना बन्द अवस्थामा रहेकाले आम्दानीको मुख्य श्रोत टिकट काउन्टर बन्द भइ आर्थिक समस्या परेको थाहा पाएपछि महानगरले रकम सहयोग गरेको मेयर महर्जनले बताए ।

धेरै कर्मचारी तलब बिना काम गरिरहेको र कोरोना महामारीको कारण १ हजार बन्यजन्तु पाल्न चिडियाघरलाई गाह्रो भइरहेको थाहा पाएपछि समस्या परेको बेला सहयोग गरेको समेत उनले स्पष्ट पारे ।

त्यस्तै उनले चैत ११ गतेदेखि लकडाउन सुरु भएसँगै राहत वितरणसँगै महानगरभित्रका सडकमा रहेका बाँदर, पन्छी, कुकुर र सडकमा छाडिएका गाई गोरुहरुको पनि व्यवस्थापन गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शेयर बजारमा २५ अंकको वृद्धि

काठमाडौं । साताको शेयर कारोबारको अन्तिम दिन बिहीबार शेयर बजार नेप्से दोहोरो अंकले

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

कृषिमा पकेट क्षेत्र तोकिएसँगै तिलोत्तमाका कृषक लाभान्वित

तिलोत्तमा (रुपन्देही) । रुपन्देहीको तिलोत्तमा–१४ का कृषक नरिश्वर सापकोटा पहिले करिब पाँच बिघामा