सम्झौता कार्यान्वयनको माग गर्दै पुल्चोकमा ‘इनफ इज इनफ’ को धर्ना



काठमाडौं । यसअघि सरकारले आफूहरुसँग गरेको सम्झौता कार्यान्वयनमा ढिलाई गरेको भन्दै ‘इनफ इज इनफ’ समूहले बिहीबार प्रदर्शन गरेका छन् । ‘इनफ इज इनफ’ अभियन्ताको समूह र सरकारबीच १२ बुँदे सहमति भएपनि एक साता बितिसक्दा पनि सरकारले कार्यान्वयन नगरेको भन्दै युवाहरुले बिहीबार ललितपुरको पुल्चोकस्थित मन्त्रीक्वार्टर अगाडी प्रदर्शन गरेका हुन् ।

विभिन्न माग राखेर ‘इनफ इज इनफ’ अभियन्ता इशान अधिकारी (इ) सहितका युवाहरू अनशन समेत बसेका थिए । सरकारसँग १२ बुँदे समझदारी भएपछि उनीहरूले अघिल्लो मंगलबार अनशन तोडेका थिए ।

स्वतस्फूर्त रुपमा सडकमा निस्केका युवाहरुले कोरोना परीक्षणका लागि पिसिआर परीक्षण बढाउनुपर्ने माग गर्दै आएका छन् । सरकारले आफुहरुसंग गरेको सहमति कायानर््वयन नगरे पुनः कडा आन्दोलन गर्ने चेतावनी उनीहरुले दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली। मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान

हस्ताक्षरपछि मनिषाले भनिन्-पक्कै पनि रविमाथि राज्यबाट दुर्व्यवहार भइरहेको छ

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्रत पार्टीका सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर

‘सुप्राग्लेशियल’ ताल फुट्दा रसुवामा बाढी आएको प्रारम्भिक निष्कर्ष

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै गत मङ्गलबार बिहान रसुवास्थित

‘स्टकमा भएको मल खेतमा बाली डढुन्जेलसम्म किसानले किन पाउदैनन् त ?’

-जेपी गुप्ता । ‘यथेष्ट विद्युत उत्पादन नहुनु वा यसको अभाव नै रसायनिक मल