परराष्ट्रको स्पष्टीकरणः प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय होइन
काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भगवान रामको जन्मभूमि अयोध्याबारे अभिव्यक्तिप्रति दिँदै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषय नभएको बताएको छ ।
मंगलबार विज्ञप्ति जारी गरी मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्ति कसैको भावनामा चोट पुर्याउने आशयको नभएको बताएको हो । प्रधानमन्त्रीले सोमबार भानुजयन्तीका अवसरमा आयोजित कार्यक्रममा अयोध्या पर्साको ठोरी नजिक भएको बताएका थिए ।
अपुष्ट, अप्रमाणित विषयमा बोलेको भन्दै प्रधानमन्त्रीको पार्टी भित्र र बाहिरबाट आलोचना भएपछि परराष्ट्रले विज्ञप्ति जारी गरेको हो । भारतीय जनता पार्टीले पनि प्रधानमन्त्रीको अभिव्यक्तिको विरोध गर्दै आफूहरु यसबाट गम्भीर भएको बताएको थियो ।
र यो पनि