सरिता गिरीद्वारा सर्वोच्चमा रिट दर्ता



काठमाडौं । पार्टी कार्वाहीमा परी निष्काशित समाजवादी पार्टीकी सांसद सरिता गिरीले पार्टी र सरकारविरुद्ध मुद्दा दायर गरेकी छन् ।

आफूलाई सांसद र पार्टीबाट निष्काशन गर्ने निर्णय अवैधानिक भएको भन्दै सांसद गिरीले सर्वोच्च अदालतमा आइतबार मुद्दा दर्ता गरेकी हुन् ।

आफूलाई कारबाही गर्ने निर्णय अवैधानिक भएकाले त्यसविरुद्ध न्यायका लागि अदालत आएको उनले बताइन् । संसदीय दलको सिफारिशमा मात्र आफूलाई केन्द्रीय समितिले कारबाही गर्न सक्ने जिकिर पनि गरेकी छन् ।

पार्टी निर्णयविपरित गई लिम्यिाधुरासहितको भूभाग समेट्ने गरी भएको संविधान संशोधन प्रस्तावलाई सच्याउनुपर्ने भन्दै संशोधन दर्ता गरेको र राष्ट्रहित विपरीत अभिव्यक्ति दिएको भन्दै उनलाई पार्टीले कारबाही गरेको छ ।

सांसद गिरी कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको नक्शामा समेट्ने प्रक्रियासँग असहमत रहँदै आएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौँको सुनधारामा दुई मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु, दुई घाइते

काठमाडौँ । काठमाडौँस्थित सुनधारामा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किएर सोमबार भएको दुर्घटनामा एक जनाको

तस्बिरमा हेर्नुस् उभौलीको उल्लास

काठमाडौं । किराँत समुदायले वैशाख पूर्णिमादेखि आफ्नो महान पर्व साकेला उभौली मनाउन सुरू

सडकबाटो बिग्रेपछि चौकीडाँडा–कबिलासडाँडाको प्याराग्लाइडिङ बन्द

चितवन । चितवनको चौकीडाडमामा सुरु गरिएको ‘प्याराग्लाइडिङ स्टेसन’सम्म पुग्ने सडकबाटो बिग्रिएपछि चालुअवस्थामा रहेको

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१० अमलाटाकुरीस्थित सिम्लीदेखि तिमिले जोड्ने भित्री सडक