ट्याक्सी व्यवसायीको आन्दोलन दोस्रो दिन पनि जारी



काठमाडौं । भाडाका ट्याक्सी चलाउन पाउनुपर्ने माग गर्दै आन्दोलनरत ट्याक्सी व्यवसायीले बुधबार सडकमै खाना पकाएर विरोध प्रदर्शन गरेका छन् । बुधबार यातायात व्यवस्था विभाग अगाडि विरोध प्रदर्शन गर्दै उनीहरुले सकडमा नै खाना पकाएर खाएका हुन् । सरकारी निकायले कुनै पहल नगरेकाले बाध्य भएर सडकमा आन्दोलन गर्नुपरेको उनीहरुको भनाई छ ।

सरकारले आफ्ना मागहरु पूरा नगरेसम्म विभागको अगाडि प्रदर्शन जारी गर्ने उनीहरुले चेतावनी दिएका छन् । लकडाउनका कारण दैनिक गुजारा चलाउन मुस्किल भएको तथा वित्तिय संस्थाको ऋण तथा व्याज तिर्न नसकेको, घर भाडा बुझाउन नसकिएको भन्दै लकडाउन अवधिभरको बैंक तथा वित्तिय संस्थाको ब्याज मिनाहा गर्नुपर्ने, ट्याक्सी चलाउन पाउनुपर्ने उनीहरुको माग छ ।

निजी सवारी साधन चल्न दिएको अवस्थामा ट्याक्सीलाई रोक्नु अन्यायपूर्ण भएको उनीहरुको भनाई छ । त्यस्तै रातो प्लेटकाहरुले मोलमोलाई गरेर यात्रु बोकेको तर कोरोना संक्रमणको डर देखाएर सार्वजनिक ट्याक्सी चलाउन नदिएको उनीहरुले आरोप लगाएका छन् ।
त्यस्तै सरकारले १० अर्बको राहत वितरण गरेको बताएपनि आफूहरुले केहि नपाएको व्यवसायीहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर