आगामी तीन महिनाभित्र माथिल्लो तामाकोशी जलविद्युत आयोजना सम्पन्न हुने



विमल गुरुङ ।

माथिल्लो तामाकोशीको आयोजनाकै सबैभन्दा जोखिमपूर्ण र चुनौतीपूर्ण अर्को करिब १,००० फीट (३०५ मिटर) अग्लो माथिल्लो पेनस्टक स्याफ्ट (Upper Penstock Shaft) को अन्तिम पाइप राख्ने कार्य आइतबार  सम्पन्न भई आयोजनाकै एक अर्को खुड्किलो (Milestone) पार भएको ऐतिहासिक पलमा थप खुसी लागेको छ । करिब १,२०० फीट (३६७ मिटर) अग्लो तल्लो पेनस्टक स्याफ्ट (Lower Penstock Shaft) को अन्तिम पाइप जडान यसअघि नै गत जेठ महिनामा सम्पन्न भइसकेको छ ।

यी स्याफ्टहरूको निर्माण यस्ता थिए कि २७ टनसम्मका ५ मिटर लम्बाइका पाइपहरू ३७० मिटरसम्म माथिबाट एक एक गर्दै झार्नु आफैंमा अत्यन्त जोखिम त थिदैंथ्यो, त्यसमाथि कुनै बेला वेल्डिङ गर्दा धुँवाको मुस्लोहरू हटाउन कठिनाइ हुनु, त्यसले गर्दा कामदारहरूलाई काम गर्नु समस्या आउनु, पानी तर्काउने कार्यहरूमा समस्या आउनु अनि ढुँगाहरू माथिबाट झर्ने डर भइरहनु आदि निकै चुनौतीपूर्ण र खतरायुक्त थिए । खन्ने कार्यमा पनि ठुलै जोखिमहरू आएका थिए । जेहोस् यस माथिल्लो स्याफ्टको निर्माण सम्पन्न भएबाट हामीमा थप हौसला प्राप्त भएको छ । दुवै स्याफ्टहरूमा सानातिना बाहेक कुनै पनि प्रकारको दुर्घटना हुन पाएन, त्यो पनि खुसीको कुरा नै मान्नुपर्छ ।

यस पेनस्टक पाइपको कार्य सम्पन्न गर्ने भारतीय कम्पनी टेक्स्म्याको (Texmaco) तथा खन्ने र ब्याक्फिल कंक्रिट गर्ने चिनिया कम्पनी सिनोहाइड्रो (Sinohydro) दुवैलाई धन्यवाद र बधाई ! यसमा संलग्न परामर्शदाता कम्पनीको इञ्जिनियर र प्राविधिकहरूलाई र संलग्न सबैमा पनि धेरै धेरै धन्यवाद र बधाई ! तल्लो पेनस्टक स्याफ्ट सम्पन्न गर्ने एन्द्रिज हाइड्रो (Andritz Hydro) लाई पनि पुन: बधाई!

अब यी स्याफ्टहरू जस्तो अत्यन्त जोखिमपूर्ण कार्यहरू नभए पनि केही महत्वपूर्ण कार्यहरू जस्तो तेर्सो सुरुङहरूमा पेनस्टक पाइपहरू जडान, ग्राउटिङ र लाइनिङका कार्यहरू, अन्य फिनिसिङका कार्यहरू तथा त्यसपछि प्रेसर टेस्टिङका कार्यहरू बाँकी छन्, जसको लागि अन्तर्राष्ट्रिय रुपमा नै भइरहेको लकडाउनले गर्दा केही असर पर्ने अवस्था अझै रहेको छ । सहज ढँगले ती कार्यहरू अघि बढेमा उपर्युक्त बाँकी कार्यहरू आगामी ३ महिनाभित्र सम्पन्न गर्ने र आगामी असोज या कात्तिक महिनाभित्र बत्ती बाल्न सुरु गर्ने लक्ष्य लिइएको छ ।

गुरुङ, नेपाल विद्युत प्राधिकरणका उप-प्रबन्धक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पाँच लाख ७० हजार घुससहित इन्जिनियर अख्तियारको नियन्त्रणमा

काठमाडौँ । सघन सहरी तथा भवन निर्माण आयोजनाको कार्यालय, ओखलढुंगामा कार्यरत इन्जिनियर सन्तोषकुमार

नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको ध्यानाकर्षण गराउन सगरमाथा संवाद आयोजनाः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका हिमाल र पहाडका वातावरणीय महत्वबारे विश्वको

निगमले घटायो इन्धनको मूल्य

काठमाडौं । नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले बिहीबार

सभामुखले संसदमा सुनाए सांसद बस्नेतको पद निलम्बनको सूचना

काठमाडौँ । प्रतिनिधिसभा सदस्य मोहनबहादुर बस्नेत पदबाट निलम्वित भएका छन् । प्रतिनिधिसभाको बिहीबारको