रुकुम नरसंहारविरुद्ध संयुक्त राजनीतिक दलित संघर्ष समितिको दोश्रो चरणको आन्दोलन



काठमाडौं । संयुक्त राजनीतिक दलित संघर्ष समितिको नेतृत्वमा जारी आन्दोलन दोश्रो चरणमा प्रवेश गरेको छ ।
दलित नागरिक समाज समेत संलग्न समितिले रुकुम पश्चिम सोती नरसंहार, अंगिरा पासी बलात्कारपछि हत्या प्रकरण र शम्भु सदाको हत्याकाण्डका दोषीलाई छिटोभन्दा छिटो कारबाही गर्न माग गर्दै दोश्रो चरणको आन्दोलनको घोषणा गरेको छ ।

समाजले पीडितलाई न्याय र पीडित परिवारको सुरक्षाको पनि माग गरेका छ ।

सोमबार रिपोर्टर्स क्लब नेपालमा संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यी तीनै घट्नाको बारेमा सत्य, तथ्य छानबिन भएर दोषीलाई कारबाही र पीडितलाई न्याय दिनुपर्नेमा राज्य सत्ता दोषीलाई उम्काउन लागेको भन्दै खवरदारी स्वरुप आन्दोलन जारी राखेको जनाएको छ ।

रुकुम घट्नाको पोष्टमार्टम रिपोर्टको पनि समितिले घोर भर्त्सना गरेको छ । उक्त रिपोर्ट हेर्दा आफूहरुलाई ठूलो पीडा भएको उनीहरुको भनाई छ । ६ जना युवाहरुलाई कुटी कुटी निर्ममतापूर्वक हत्या गरिएको नरसंहार जातिय कारणनै भएको समितिको ठहर छ ।

तर, प्रहरीले घट्नाको प्रमाण नष्ट गरेको र पोष्टमार्टममा संलग्न चिकित्सकलेपनि गलत रिपोर्ट बनाएकोमा उनीहरुले दुवैको भत्र्सना गर्दै यसमा संलग्नलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवन परियार, सांसद लक्ष्मी परियार, जात व्यवस्था उन्मुलन मोर्चाका संयोजक राजकुमार हिङमाङ, नेपाल राष्ट्रिय दलित केन्द्रका अध्यक्ष उपेन्द्र छटुन्जेल लगायतले तिनै घट्नामा संलग्न दोषीहरुलाई कारबाही गर्न र पीडित परिवारलाई न्याय दिन राज्यसँग माग गरेका छन् ।

कार्यक्रममा संघर्ष समितिको तर्फवाट नेपाली जनतालाई न्यायको लागि अपील गरिएको थियो । अपील वाँच्न गर्दै साझा पार्टीका केन्द्रीय सदस्य तथा सामाजिक न्याय विभागका प्रमुख प्रकाशचन्द्र परियारले अपिल वाचन गर्दै रुकुम सोती नरसंहार दलित समुदाय माथि इतिहासकै गम्भिर मानवतावाद विरुद्धको अपराध भएको उल्लेख गरे ।

नेता परियारले दलित समुदाय माथि भएको जघन्य हत्या विरुद्ध सडकमा जारी आन्दोलनमा गैर दलित समुदायका न्यायप्रेमी र प्रगतीशील तप्काको सहभागिताको प्रशंशा गर्दै विरोध सभामा सहभागी हुन सवैलाई आग्रह गरे ।
कार्यक्रममा रुकुम नरसंहारमा लगायतका घटनामा न्याय पाउन आन्दोलनको विकल्प नभएको भन्दै संयुक्त आन्दोलनमा सहभागी हुन सवैमा अपील गरिएको थियो ।

समाजवादी दलित मुक्ति महासंघको महासचिव रणबहादुर रम्तेलले प्रेस विज्ञप्ती वाचन गरेका थिए भने नेता राम नेपालीले कार्यक्रम संचालन गरेका थिए ।
दोश्रो चरणको आन्दोलन अन्तर्गत भोली माइतीघरवाट वानेश्वर सम्म सिठ्ठी जुलुश गरेर शुरु गरिने जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्राधिकरणले भन्यो-गौतमबुद्ध विमानस्थलका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण मन्त्रिपरिषदको निर्णय बमोजिम

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आवश्यक पर्ने

गभर्नर सिफारिस समिति पुनर्गठन

काठमाडौं । सरकारले गभर्नर सिफारिस समिति पुनर्गठन गरेको छ । बुधबार साँझ बसेको

मन्त्रिपरिषद बैठकद्वारा बेपत्ता छानबिन र सत्यनिरुपण आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । सरकारले पूर्वमुख्यसचिव लीलादेवी गड्तौलालाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको अध्यक्षमा नियुक्त

सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सोलुखुम्बु केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ ६ बजेर