एमसीसी खारेज गर्न गणतान्त्रिक मोर्चाको माग



काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता खारेज नभएसम्म संघर्ष जारी राख्ने जनाएको छ । एमसीसी सम्झौता खारेज गर्नुपर्ने माग राख्दै शुक्रबार काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्दै मोर्चाले संघर्षलाई निरन्तरता दिने जनाएको हो । मोर्चाले सम्झौता मुलुकको राष्ट्रियता र अखण्डताको हित विपरित रहेको भन्दै एमसीसी खारेज गनुपर्नेसहितका प्लेकार्डसहित बिरोध प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा मोर्चाका अध्यक्ष सी.पी. गजुरेलले मुलुक बचाउन क्रान्तिकारी शक्ति एक हुनुपर्ने बेला आएको बताए । प्रदर्शनमा सहभागी भएकाहरुले एमसीसी खारेज गर्न माग गर्दै चर्का नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी राष्ट्रको हितमा नरहेको भन्दै सरकार बिरोधी नारा लगाएका थिए । एमसीसी सम्झौता राष्ट्रघाती रहेको दाबीसहित त्यसलाई पारित गर्न नहुने भन्दै सदन र सडकमा विरोध चर्किरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सिस्टम नै गिजोलेपछि कुर्सीमा मान्छे फेरेर के हुन्छ र ?

-नारायण गाउँले । देश नै मजाकजस्तो, हास्यव्यङ्ग्यजस्तो र सिमलभुवाजस्तो बन्दै गयो । न

झापाको हल्दीबारीमा हुरीले घर भत्कँदा एक जनाको मृत्यु

भद्रपुर । हुरीका कारण घर भत्किँदा हल्दीबारीमा एक जनाको मृत्यु भएको छ । जिल्ला

चन्द्रागिरिको कपडा गोदाममा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नम्बर ११ सतुंगल चोक स्थित कपडा पसल

तराई, पहाड र हिमालको अनुभव हुने ‘ग्रेटर मुन्दुम ट्रेल’

खोटाङ । मैयुङ ट्याम्के साल्पा सिलिचुङ पर्यटन प्रवर्द्धन केन्द्रले ‘ग्रेटर मुन्दुम ट्रेल’को विकास