गोरखापत्र संस्थानका तत्कालीन दुई महाप्रबन्धकसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखापत्र संस्थानले गर्ने कागज खरिदमा अनियमितता गरेको आरोपमा तत्कालिन महाप्रबन्धकद्वय सुशील कोइराला र बसन्तप्रकाश उपाध्यायसहित चारजना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको छ । भ्रष्टाचारको आरोपमा पर्नेमा गोरखापत्र संस्थानका अर्थ निर्देशक रामसुन्दर चौधरी र कागज आपूर्ति गर्ने प्रिन्टसेल इमेजिङका सञ्चालक दिपक भन्साली छन् ।

भन्सारको दायित्व कम्पनीकै हुने भन्ने सम्झौता भए पनि गोरखापत्र संस्थानले भन्सार छुटका लागि गलत सिफारिस गरेको अनि आपूर्तिकर्तालाई पेस्कीसमेत दिएर भन्सार छुटाएको भन्दै अख्तियारले त्यसबाट २६ लाख १६ हजार रुपैयाँ गोरखापत्रलाई नोक्सानी भएको दाबी गरेको छ । अख्तियारले कोइराला र उपाध्यायका साथै अरु दुईजनामाथि पनि त्यति नै विगो मागदाबी गरेको छ ।

प्रेस विज्ञप्ति :
———————————————-
गोरखापत्र संस्थानले प्रिन्ट कागज खरिद गर्दा भन्सार छुटको लागि सिफारिस गरी रकम हिनामिना गरेको भन्ने समेत व्यहोराको उजुरी उपर अनुसन्धान हुँदा गोरखापत्र संस्थान र प्रिन्टसेल इमेजिङ प्रा.लि. बीच न्यूज प्रिन्ट कागज खरिदसम्बन्धी सम्झौतामा भन्सार महशुलबापतको सम्पूर्ण रकम प्रिन्टसेल कम्पनीकै हुने भन्ने स्पष्ट व्यहोराको सम्झौताविपरीत तत्कालीन महाप्रबन्धक सुशील कोइरालासमेतको मिलेमतोमा आफूलाई फाईदा र सम्झौताको शर्तविपरीत भन्सार छुट गराई सार्वजनिक संस्थान गोरखापत्र संस्थानलाई हानि नोक्सानी गराई रू.२६,१६,०१०/- प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा हुने गरी भन्सार छुट सिफारिस र भुक्तानी दिने लिने कार्य गरेको पुष्टि हुन आएकोले देहायबमोजिमका व्यक्तिहरुलाई देहायबमोजिम सजायको मागदाबी लिइएको छ ।

(क) गोरखापत्र संस्थानका तत्कालीन महाप्रबन्धक सुशील कोइरालाले भन्सार छुटको सम्पूर्ण दायित्व प्रिन्टसेल कम्पनीको हुने भन्ने सम्झौताको विपरीत गोरखापत्र संस्थानको तर्फबाट भन्सार छुटको लागि गलत सिफारिस गरी आपूर्तिदाता कम्पनीलाई केही रकम पेश्की भुक्तानीसमेत गरी भन्सार छुटबापतको रू.२६,१६,०१०/- रकम गोरखापत्र संस्थानलाई हानि नोक्सानी गराई प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा हुने कार्य गरेकोले निजको उक्त कार्य भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ९ र ऐ. ऐनको दफा १७ बमोजिम कसुर भएकोले निज सुशील कोइरालालाई रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ९ बमोजिम र ऐ. ऐनको दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।

(ख) गोरखापत्र संस्थानका महाप्रबन्धक बसन्त प्रकाश उपाध्यायले प्रिन्टसेल इमेजिङ कम्पनी प्रा.लि.लाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी गोरखापत्र संस्थानलाई रू.२६,१६,०१०/- रकम हानि नोक्सानी गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिएकोले निज बसन्त प्रकाश उपाध्यायलाई बिगो रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।

(ग) गोरखापत्र संस्थानका तत्कालीन अर्थ निर्देशक राम सुन्दर चौधरीले प्रिन्टसेल इमेजिङ कम्पनी प्रा.लि.लाई भन्सार छुटबापत गोरखापत्र संस्थानले सिफारिस गरिसकेको अवस्थामा सो सिफारिसअनुसार भएको भन्सार छुट रकमलाई नजरअन्दाज गरी प्रिन्टसेल इमेजिङ प्रा.लि. कम्पनीलाई फाइदा र गोरखापत्र संस्थानलाई हानी हुने गरी बदनियतपूर्ण तरिकाले पेश्की भुक्तानी तथा भन्सार छुट भएको रकम नकटाई सम्झौताअनुसारको सम्पूर्ण रकमको नै अन्तिम बिल भुक्तानी गरी गोरखापत्र संस्थानलाई रू.२६,१६,०१०/- रकम हानि नोक्सानी गराएकोले निजको उक्त कार्य भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको देखिएकोले निज रामसुन्दर चौधरीलाई बिगो रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १७ मा उल्लेख भएबमोजिम दफा ३ को उपदफा (१) र ऐ. ऐनको दफा ३ को उपदफा (१) को खण्ड (छ) बमोजिम सजाय हुन र सोही ऐनको दफा १७ बमोजिम बिगो असुल उपर हुन मागदाबी लिइएको छ ।

(घ) कागज आपूर्तिकर्ता प्रिन्टसेल इमेजिङ प्रा.लि.का संचालक दिपक कुमार भंसालीले सम्झौताअनुसार सम्पूर्ण भन्सार शुल्क आफ्नो कम्पनीले नै सम्झौताअनुसारको रकमबाट नै व्यहोर्नु पर्नेमा सम्झौता शर्तविपरीत भन्सार छुटको लागि सिफारिस माग गरी रू.२६,१६,०१०/- भन्सार छुट गराई सम्झौताबमोजिमको सम्पूर्ण रकमसमेत सोही कम्पनीले नै भुक्तानी लिई कम्पनीलाई लाभ र गोरखापत्र संस्थानलाई ग्रैह्रकानुनी हानी पुर्‍याउने बदनियतले काम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम कसुर गरेको देखिएकोले निज दिपक भंसालीलाई रू.२६,१६,०१०/- (छब्बीस लाख सोह्र हजार दश) बिगो कायम गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन र ऐ. दफा बमोजिम बिगो असुल उपर गरी जफत हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका निशान परियार पुनः पक्राउ

बालकुमारीबाट १६८ थान मोबाइलसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौँको बालकुमारीबाट प्रहरीले १६८ थान मोबाइलसहित प्रहरीेले दुई जनालाई पक्राउ गरेको