म्यानमारबाट आएका नेपालीलाई त्रिभुवन विमानस्थलबाट यसरी लगियो होल्डिङ सेन्टर, फोटोमा हेर्नुस्



काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीहरुलाई प्राथमिकताका आधारमा नेपालीहरुलाई स्वदेश ल्याउन सुरु गरेको छ । बिदेशबाट उद्धार गरिएकाहरुलाई काठमाडौंको चक्रपथ आसपासका पार्टी प्यालेसहरूमा प्रदेशगत रूपले कम्तीमा एउटा ‘होल्डिङ सेन्टर’मा राख्ने व्यवस्था मिलाइएको छ ।

कोरोना महामारीकाबीच विभिन्न मुलुकहरुबाट उद्धार गरी ल्याइने नेपालीहरुमा वाग्मती प्रदेशकालाई काठमाडौंको वसुन्धरामा रहेको यती पार्टी प्यालेसमा राख्ने व्यवस्था मिलाइएको छ । शुक्रबार बिहान स्वदेश फकिएकाहरुलाई बसुन्धरामा राखिएको थियो । सरकारले बनाएको कार्यबिधी अनुसार नेपाली सेनाले बिमानस्थलबाट होल्डिङ सेन्टरसम्म ल्याएको महिला बालबालिका मन्त्री पार्वत गुरुङले जानकारी दिए ।

उनले होल्डिङ सेन्टरमा राखिएपछि सम्बन्धीत जिल्लामा पठाउनका लागि स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने काम भएको बताए । म्यानमारबाट आएका नेपालीहरुले आफुहरुलाई सरकारले गरको व्यवस्थाबाट खुसी भएको बताए । बिभिन्न मुलुकबाट आएका नेपालीहरुलाई उनीहरुले स्थायी ठेगानाका आधारमा बिभिन्न स्थानमा निर्माण गरिएको होल्डीङ सेन्टरमा राख्ने गरि सरकारले तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रोल्पाको थबाङमा जीवन शर्माको ‘सिमली छायाँमा…’ प्रचण्डको छमछमी(भिडियोसहित)

रोल्पा । बैतडीको पाटनबाट सुरु गरिएको नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

ग्लोबल छनोटमा पुग्न सफल नेपाली महिला क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली स्वदेश फर्किएको छ । आईसीसी महिला

गृह मन्त्रालयका सहसचिव भट्टराई हाजिरी जमानीमा रिहा

काठमाडौँ । गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई रिहा भएका छन् । अख्तियार दुरुपयोग

अभद्र व्यवहार मुद्दामा म्याद थप गरेर ल्याइँदै गर्दा फरार भएका अभियुक्त पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको गेटबाट फरार भएका निशान परियार पुनः पक्राउ