कांग्रेस केन्द्रीय समिति बैठक शनिबार बस्ने, संविधान संशोधन बैठकको एजेण्डा



काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठक शनिबारका लागि बोलाएको छ । संविधान संशोधन प्रस्तावबारे छलफल गर्न कांग्रेसले शनिबार दिउँसो एक बजे बैठक बोलाएको हो ।

सरकारले जारी गरेको नयाँ नक्सालाई संविधानको अनुसूचिमा समावेश गर्नका लागि संविधान संशोधन गर्न सरकारले संसदमा प्रस्ताव दर्ता गराएको छ । संविधान संशोधन गर्न दुई तिहाई बहुमत आवश्यक पर्छ ।

बुधबार संसदको कार्यसूचीमा रहेको संविधान संशोधन पेश गर्ने कार्यसूची एकाएक हटेपछि नेकपाका नेताले कांग्रेसका कारण हटाइएको बताएका थिए भने कांग्रेसले त्यसको खण्डन गर्दै आएको छ ।

बिहीबार ट्वीट गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन्, ‘कम्युनिस्ट सरकारका केही मन्त्री या कोही मुख्यमन्त्रीलाई नेपाली कांग्रेसको धारणा व्यक्त या ब्याख्या गर्न सहायक प्रवक्त नियुक्त गरिएको छैन । न भारतीय मिडियालाई मुखपत्रझको दायित्व दिइएको छ ।
कांग्रेस प्रवक्तालाई सोध्नोस् कांग्रेसको धारणा कि कुर्नोस् जेठ १७ को केन्द्रीय समिति ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र चीनका ४६ र भारतको एकसहित ४७ वटा हिमताल विस्फोटको जोखिममा

ललितपुर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जलवायु परिवर्तनको मुख्य कारक कार्बन उत्सर्जनको

रास्वपाको ऊर्जा तथा जलस्रोत विभागको अग्रसरतामा चोभार गल्छीको भविष्यबारे नीतिगत संवाद

काठमाडौं । देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको

काठमाडौंमा एक घरमा आगलागी हुँदा एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्लीस्थित एक घरमा आगलागी हुँदा ६५ वर्षीया एक

राखेपलाई प्रधानमन्त्रीको निर्देशनः ‘टिम स्पिरिट’का साथ एनपिएल आयोजनाको तयारी अगाडि बढाउनुस्

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल)को आयोजनाको तयारी अगाडि