मुश्लिम समुदायले मनाए इद



काठमाडौं । मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाएका छन् । अरबी पात्रो हिजरी सम्वतअनुसार दशौँ महिनाको पहिलो दिन मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशिर्वाद लिएर इद उल फित्र पर्व मनाउने चलन छ ।

विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडा कहाँ गएर आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ ।

खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले सो पर्वलाई इद उल फित्र भनिएको हो । अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि इद उल फित्र मनाउने कार्यक्रम तय हुने गरेको छ । यो पर्वको अर्को उल्लेखनीय पक्ष गरीबलाई दान दिनु हो ।

यस वर्ष कोरोना महामारीका कारण घण्टाघरस्थित जामे मस्जिदमा नवाज पढ्ने व्यवस्था भने गरिएको थिएन । मस्जिद, इदगाहलगायत धार्मिकस्थलमा पाँच जनाभन्दा बढी उपस्थित नहुने भएपछि घरमै परिवारका सदस्यबीच नमाज पाठ गरेर इद उल–फित्र मनाउँन आग्रह गरिएको छ । यस पर्वको अबसरमा सरकारले सोमबार सार्वजनिक विदा दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नक्कली नोट र अफिम कारोबार गर्ने गिरोह पक्राउ

नेपालगञ्ज । भारतबाट चोरी गरेर ल्याएको १५ तोला २५ लाल सुनका गरगहना र

विपी राजमार्गमा साँझ ५ बजेदखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा रोक

काभ्रे । विपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–खण्डमा आगामी साउन १ गतेदेखि रातिको समयमा १२ घण्टा

कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा

गुल्मी । आइतबार बिहानदेखि अवरुद्ध गुल्मीको कालीगण्डकी करिडोर सडक दुई दिनपछि सञ्चालनमा आएको

पहिरोमा पुरिएर अर्घाखाँचीमा श्रीमान श्रीमतीको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–१० धनचौर तल्लोपाकुमा पहिरोले पुरिएर एक दम्पतीको मृत्यु भएको