काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीकी नेतृ एवं सांसद रामकुमारी झाँक्रीले अध्यादेशका पछाडिको खेलका बारेमा सम्बधित निकायले जवाफ दिनुपर्ने बताएकी छन् । विपक्षी दल फुटाउन अध्यादेश ल्याएको भन्नु, सांसद अपहरण काण्डहरु भएकाले यस्ता घृणित कामको उद्देश्यका बारेमा स्पष्ट पार्नुपर्ने बताएकी हुन् ।
उनले भनेकी छन्, ‘मानवीय संकटको यो बेला एकाएक मन्त्रिपरिषदबाट विवादास्पद अध्यादेश पास गर्नु शीतलनिवासबाट खाम साटेर हिंड्नु, विपक्षी दलका सांसदलाई अपहरण शैलीमा ल्याएर होटलमा राख्नु, अनि बहुराष्ट्रको उद्देश्य बोकेका पार्टी त्यही उद्देश्य पुरा गर्न ति दलको एकता हुनु, के नेपाली राजनीतिका यि सामान्य घटना हुन् ?
यि घटनाको पछाडि कसको हात छ ? के कारबाहीको विषय हुनसक्छ ?
खोजौं, सोचौं ।
सत्ता राजनीतिको घृणित खेलको अन्त्य यही कानुनले गरेको थियो । फेरि अध्यादेशले त्यसकै ढोका खोलिएन र ? अब नेपाली राजनीतिमा विदेशी चलखेल हस्तक्षेप र सांसद किनबेचको श्रृङखला सुरू किन गर्न खोजियो ? यसको सपाट जवाफ चाहिन्छ ।’

यो पनि

प्रतिक्रिया