वर्तमान सरकार लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत :देउवा



काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र कमजोर पार्ने खेलमा सरकार उद्दत रहेको बताएका छन्। लोकतन्त्र दिवसको शुभकामना दिँदै बिहीबार देउवाले विज्ञप्ति जारी गरी सभापति देउवाले सरकारले संवैधानिक परिषद र राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर संविधानको मर्मविपरीत काम गरेको उल्लेख गरेका छन्।

लोकतन्त्र दिवसको सन्देश
मुलुकमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि विगतमा पटक पटक गरिएका लोकतान्त्रिक आन्दोलनहरुमा आफ्नो प्राणको आहुती दिनु हुने सम्पूर्ण ज्ञात अज्ञात वीर शहिदहरुप्रति लोकतन्त्र दिवसका अवसरमा उहाँहरुको समर्पण, साहस र वलिदानको म स्मरण गर्दछु र उहाँहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
वि.सं. २००७ साल अघिदेखि प्रारम्भ भएको संघर्षको पृष्ठभूमिमा निरंकुश राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्र वहालीका लागि २०६२÷०६३ मा नेपाली कांग्रेस लगायत अन्य राजनीतिक दलहरुद्वारा संचालित ऐतिहासिक जनआन्दोलनले २०६३ वैशाख ११ गते मुलुकमा एक युगान्तकारी परिवर्तन ल्याएको थियो । यो दिनलाई हामी सबैले गौरवका साथ स्मरण गर्दै हरेक वर्ष लोकतन्त्र दिवसका रुपमा मनाउँदै आएका छौँ ।
वर्तमान नेकपाको सरकारले देश कोरोनाको कारण लकडाउनको अवस्थामा रहेको बेला संवैधानिक परिषद् र राजनीतिक दल सम्बन्धी दुई वटा अध्यादेश ल्याएर वर्तमान संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको घोर उल्लंघन गर्दै नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको छ । लोकतन्त्र माथिको यो घृणित कार्यको हामी सबैले भत्र्सना गर्नु पर्दछ । उक्त अध्यादेशहरु तत्काल फिर्ता लिन म पुनः आग्रह गर्दछु ।
लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग रहन म आग्रह गर्दछु । यो अवसरमा बीर योद्धाहरुको साहस, संकल्प र वलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौँ भनेर प्रण गरौं ।
जय नेपाल !
शेरबहादुर देउवा
सभापति
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रसुवामा सुरक्षाकर्मीले पदमार्ग बनाए यसरी पठाउँदैछन् बाढी प्रभावितलाई सुरक्षित स्थानमा(फोटोफिचर)

काठमाडौं । असार २४ गते मध्यरातमा भोटेकोशीमा आएको बाढी कारण पूर्ण रुपमा बन्द

त्रिशूली नदी किनारमा एक पुरुषको शव फेला

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोला स्थित त्रिशूली नदी किनारमा बिहीबार एक पुरुषको

उपल्लो मुस्ताङमा बाढीले क्षति पुर्याएको कुलो तथा सडकलगायतका संरचना मर्मत सुरु

मुस्ताङ  । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले गत मगलबार साँझको भीषण बाढीले क्षति पुर्याएको

मनसुनजन्य विपद्बाट तनहुँमा ६६ हजार नागरिक प्रभावित हुने अनुमान

दमौली। मनसुनजन्य विपद्बाट यस वर्ष तनहुँमा ६६ हजारभन्दा बढी नागरिक प्रभावित हुने अनुमान