भारतद्वारा नेपाललाई २३ टन औषधि प्रदान



काठमाडौँ । कोरोना भाइरसविरुद्ध लड्न भारत सरकारले नेपाललाई २३ टन अत्यावश्यक औषधि सहयोग गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई बुधबार २३ टन औषधि हस्तान्तरण गरेका हुन् ।

भारतले सहयोग गरेका औषधिहरुमा पारासिटामोलको ३.२ लाख डोज र हाईड्रोक्सीक्लोरोक्वीनको २.५ लाख डोज गरी कुल ८.२५ लाख डोज छन् । सहयोगले सबै अवस्था र परिस्थितिमा नेपाल र भारतबीच सहकार्य जारी रहने प्रतिबद्धतालाई दर्शाउने दूतावासले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत भारतका समकक्षी नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मुस्ताङको ऐतिहासिक मानवनिर्मित गुफा

मुस्ताङको लोघेकर दामोदरकुण्ड-२ ढाक्मरगाउँ नजिकै रहेको जियोपार्क अन्तर्गत रहेको मानवनिर्मित गुफा । राताम्मे

बागमती प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन जडान

भक्तपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस

बाढीले बगायो बागलुङको कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र पावरहाउस

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–९ पैयुथन्थापस्थित कालुङ्खोले उपल्लो कालुङ्खोला लघुजलविद्युत् आयोजनाको बाँध र

तिवारीद्वारा एनआरएनए अष्ट्रेलियाको आइसीसी सदस्य पदमा उम्मेदवारी घोषणा

काठमाडौं । नवलपरासीको गैंडाकोटमा जन्मिएर अष्ट्रेलियाको एडिलेडमा स्थायी रूपमा बसोबास गर्दै आएका युवा